तपाईँ सुन्दै हुनुहुन्छः

‘काँग्रेसभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सभापति देउवा नै अग्रसर हुनुपर्ने’

काठमाडौँ । केन्द्रिय कार्यसमितीको निर्णयप्रति असन्तुष्ट रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले राजधानी काठमाडौँ बोलाएका जिल्ला सभापतिहरुले आज पार्टी सभापति शेरबहादुर देउवासँग भेटेर सभापति भेलामा भएको छलफलबारे जानकारी गराएका छन् ।

बर्दिया काँग्रेस जिल्ला सभापति सञ्जय गौतमले सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा नेपाली काँग्रेसभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा नै अग्रसर हुनुपर्ने सुझाव दिएको जानकारी दिनुभयो ।

असन्तुष्ट पक्षलाई बाहिर राखेर अघि बढ्दा पार्टी झन कमजोर हुने भएकोले नेताहरुबीचमा सहमति हुनुपर्ने अधिकांश जिल्ला सभापतिहरुको धारण रहेको उहाँले बताउनुभयो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले भेलामा आफुलाई नडाकिएकोप्रति आपत्ति जनाउनुभएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button