तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने

जनकपुरधाम । प्रदेश नंं २ को सरकारले मधेस आन्दोलनको क्रममा शहादत दिएका शहिदहरुको सम्झनामा यस वर्षको बलिदानी दिवस बीरगंजमा मनाउने निर्णय गरेको छ ।

प्रदेश नंं २ सरकारकोे आज सम्पन्न भएको मन्त्री परिषद्को बैठकले माघ ५ गते बलिदानी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

प्रदेश सरकारको आयोजनामा हुने उक्त बलिदानी दिवसमा राजपा तथा समाजवादी पार्टीका शीर्ष नेताहरुलाई सहभागिताका लागि आग्रह गर्ने भएको छ ।

उक्त कार्यक्रममा मधेश आन्दोलनका शहीद परिवार एवं घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता यादवले जानकारी दिनुभयो ।

२०६३ साल यता मधेश केन्द्रित दलहरुले शहीदहरुको सम्झनामा मनाउदै आएको बलिदानी दिवस गत वर्षदेखि प्रदेश नंं २ का सरकारले मनाउन थालेको हो ।

गत वर्ष माघ पाँच गते सिरहाको लहानमा बलिदानी दिवसको विशेष समारोह आयोजना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button