तपाईँ सुन्दै हुनुहुन्छः

सिरहामा ७६६ जनता आवास निर्माण हुने

रासस । जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षभित्र सिरहामा विपन्न परिवारका लागि ७ सय ६६ वटा पक्की घर निर्माण हुने भएको छ ।

सङ्घीय सरकारको बजेटबाट चालू आर्थिक बर्ष २०७६÷०७७ को असारसम्ममा सिरहा जिल्लामा ७ सय ६६ र सप्तरीमा ६ सय ६६ वटा पक्की आवास निर्माण गर्न लागिएको हो ।

पहिलो चरणमा डोम र मेहतर जातिका व्यक्तिको घर निर्माण गर्नका लागि सिरहाका १७ र सप्तरीका १८ वटै स्थानीय तहलाई जग्गा व्यवस्थापनबारे पत्राचार गरिएको शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले राजविराजका प्रमुख झाले जानकारी दिनुभयो ।

बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रति घर तीन लाख ३२ हजार ५ सय रुपैयाँका दरले बजेट छुट्याएको छ । घरका साथै शौचालय निर्माणका लागि थप १० हजार रपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button