तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा दुर्घटना, एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा विहिवार राती पिकअप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी दुई जना घाइते बनेका छन् । दुर्घटनामा स्थानिय पवित्रा थापाको ज्यान गएको हो । फुङलिङ नगरपालिकादेखि मिक्वाखोलाको डाँडा गाउँतर्फ गईरहेको मे ज ६६०६ नम्बरको ट्याक्सी थापागाउँको घुम्तिबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुर्घटनमा घाइते पदम थापाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि झापा रिफर गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button