२०७७ साल चैत २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा कार दुर्घटना : एक जनाको मृत्यु

विश्व अधिकारी २०७६ पुष २५ गते ९:१५

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा गएराति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–९ अघोरमा विरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाईते भएका छन् ।

दुर्घटनामा ४५ वर्षीय भारतीय नागरिक सन्तोष सल्वा कुमारको ज्यान गएको मकवानपुर प्रहरीले जनाउको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका उनको आज बिहान सवा ६ बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा भारतीय नागरिक अन्दाजी २४ वर्षीया गोपिका नन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी घाईते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको तथा एक जना गम्भीर घाईते रहेको जनाईएको छ ।
प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित

सोमबार प्रदेश २ सभाको बैठक बस्दै

३४ मिनेट अगाडि रेडियो नेपाल