२०७७ साल चैत ३० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

नाइजरमा भएको भिडन्तमा ६० लडाकु र २५ सैनिक मारिए   

रेडियो नेपाल २०७६ पुष २५ गते १४:२१

फाइल तस्बिर

नाइजर –  नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा २५ सैनिक मारिएका छन् । देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

पश्चिमी अफ्रिकी मुुलुक मालीको सीमाक्षेत्रमा पर्ने नाइजरको चिनागोद्ररमा घटना भएको उनीहरुले बताएका छन् । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ ।

सैनिकहरुमाथि भएको आक्रमणपछिको भिडन्तका क्रममा ६० भन्दा बढी लडाकु मारिएको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

सम्बन्धित

अछाममा प्यान दर्ता तथा नवीकरण गर्ने बढ्दै

१२ मिनेट अगाडि टेकराज भण्डारी

जाजरकोटका ४१ वन क्षेत्रमा आगलागी 

२० मिनेट अगाडि बद्री पन्त