तपाईँ सुन्दै हुनुहुन्छः

सडक पेटी निमार्ण र टिकट प्रणालीलाई वैज्ञानिक र व्यवस्थित गर्नु पर्नेमा विज्ञहरुको जोड

काठमाडौँ । सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण गठन गर्दा यात्रुको सर्वोत्तम हितलाई मध्यनजर गरी कानून बनाउन विज्ञहरुले सुझाव दिनुभएको छ ।

राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यव्स्थापन ) प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विज्ञको राय बुझ्न आज सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले सडक पेटी निमार्ण र टिकट प्रणलीलाई वैज्ञानिक र व्यवस्थित गर्नु पर्नेमा जोड दिनुभयो ।

बिज्ञहरु मधुसुदन आचार्य र शरद चन्द्र पौडेलले उपत्यकामा बढ्दो साना गाडीहरुको संख्यालाई कम गर्न सार्वजनिक यातायातलाई सर्वशुलभ र सुविधा सम्पन्न वनाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button