तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली चलचित्र क्षेत्रले सबै समुदायका नेपाली बीच मन जोड्ने काम गर्नुपर्छ : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाली चलचित्र क्षेत्रले सबै समुदायका नेपाली बीच मन जोड्ने काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल चलचित्र संघको ४६औं बार्षिक साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले भूगोलसँगै सबै नेपालीको मन जोड्ने खुराक तयार गर्नेतर्फ लाग्न नेपाली चलचित्रकर्मीलाई आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले अहिले चलचित्रसँग सम्बन्धित कानून निर्माणको प्रक्रियासमेत अगाडी बढिरहेकाले यस क्षेत्रको सुधार र बिकासका लागि के गर्नुपर्ने हो खाका ल्याउन समेत आग्रह गर्नुभयो ।

सञ्चार मन्त्री बाँस्कोटाले नेपालको संस्कृति जगेर्ना गर्नेतर्फ नेपाली चलचित्रले भूमिका खेलोस् भन्ने सरकारको अपेक्षा हो त्यसअनूरुप नेपालीसँगै अन्य बढी बोलिने भाषामासमेत चलचित्र बनाएर प्रदर्शन गर्नुपर्नैमा पनि जोड दिनुभयो ।

कार्यक्रममा शहरी बिकास राज्यमन्त्री रामबीर मानन्धरले जुनसुकै क्षेत्रमा काम गर्दा पनि समृद्ध नेपाल सुखी नेपालीको नेपाल सरकारको परिकल्पनालाई पूरा गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका मेयर बिधासुन्दर शाक्यले समाजलाई उत्साहित, प्रोत्साहित र सकारात्मक सन्देश दिने खालका सामाग्री पस्कने गरी चलचित्र निर्माण गर्दा बढी ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले समाजलाई सकारात्मक बाटो देखाउने गरी नेपाली चलचित्रको निर्माणतर्फ नेपाल चलचित्र संघ लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button