तपाईँ सुन्दै हुनुहुन्छः

संबिधानका आधारमा राजधानीको टुंगो लाग्छ : प्रदेश मन्त्री चौधरी

घोराही । प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले संबिधान अनुसार प्रदेशको नाम र नाम टुंगो लाग्ने बताउनुभएको छ । दाङको घोराहीमा आजदेखि सुरु भएको माघी महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।

राजधानी र नामको बिषय निकै पेचिलो बन्दै गएको भन्दै माघ ५ गतेदेखि सुरु हुने प्रदेशसभाको अधिवेशनमा उक्त बिषयले प्रवेश पाउने सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री चौधरीले बताउनुभयो । राजधानीका बिषयमा गठन भएको समितिले समेत प्रतिवेदन पेश गरी सकेकाले चालु बर्षमै नाम र स्थायी राजधानीको बिषय टुंगिने मन्त्री चौधरीले बताउनुभयो ।

प्रदेश नम्बर ५ मा थारु र मगर समुदायको बाहुल्यता रहेको भन्दै हरेक माघीमा दुई दिन दिन बिदा दिने नीतिगत निर्णय भए अनुसार बिदा दिइएको उहाँले बताउनुभयो । हरेक बर्ष माघीलाई बिशेष पर्वका रुपमा मनाउने भएकाले मुख्यमन्त्री निवासमा माघीका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको उहाँले बताउनुभयो ।

ग्रामीण क्षेत्रका जनताको बिकास र नेतृत्व बिकासका लागि मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम सञ्चालन भएको उल्लेख गर्दै प्रदेशको समृद्धिका लागि सरकारले जनतालक्षित कार्यक्रम गरिरहेको पनि मन्त्री चौधरीले बताउनुभयो ।

थारु कल्याणकारिणी सभा दाङले आगामी पुस २८ गतेसम्म माघी महोत्सवको आयोजना गरेको छ । थारु समुदायको कला, सस्कृती र सस्कारको संरक्षणका लागि थारु कल्याणकारिणी सभाले हरेक बर्ष दाङको घोराहीमा माघी महोत्सव गर्दै आएको अध्यक्ष भुवन चौधरीले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button