तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्निर्माणको कार्यप्रगति प्रशंसा गर्न लायकः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कार्यप्रगति प्रशंसा गर्न लायक रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको राष्ट्रिय पुर्ननिर्माण परामर्श परिषद्को पाँचौ बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्मको काम सन्तोषजक भएको भन्दै बाँकी काम छिटो गर्न निर्देशन दिनुभयो ।

प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले निजी आवास निर्माण ६२ प्रतिशत सम्पन्न भएको जानकारी गराउँदै वैशाखसम्म रानीपोखरी तयार हुने र धरहरा पुर्ननिर्माणले गति लिएको बताउनुभयो ।

विदेशीहरुले पुर्ननिर्माणमा भएको प्रगतिको प्रशंसा गरेको बताउँदै कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत वस्ती निर्माणमा जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो ।

बैठकले पूनः निमार्णको काम सन्तोषजनक रहेको र बाँकी काम छिटो सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button