तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी सेनालाई खतराभएपछि सुलेमानीमाथि आक्रमण : ट्रम्प

काठमाडौं । इरानले ४ भिन्न अमेरिकी दूतावासमा आक्रमण गर्ने योजना बनाएको कारण सुलेमानी माथि आक्रमण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ ।

दूतावासमा आक्रमण गर्ने योजनालाई विफल पार्न इरानी सैन्य कमान्डर कासिम सुलेमानी माथी ड्रोन हमला गर्नु परेको राष्ट्र ट्रम्पले बताउनु भएको हो ।

त्यसैगरी अमेरिकी विदेशमन्त्री माइक पम्पेओले इरानी सैन्य कमान्डर कासिम सुलेमानीका कारण मध्यपूर्व क्षेत्रमा स्थित धेरै अमेरिकी सेनालाई खतरा रहेको दाबी गर्दै उक्त ड्रोन हमला गर्नु परेका बताउनु भएको छ ।

अमेरिकाको डेमोक्राटिक पार्टिका नेताहरुले भने राष्ट्रपति ट्रम्पको भनाईको खण्डन गर्दै, दूतावासमा आक्रमणको कुनै प्रमाण नभेटिएको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button