२०७७ साल चैत २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको खैरहनीमा गाँजासहित तीन जना पक्राउ

शिशिर सिंखडा २०७६ पुष २६ गते ८:४०

चितवन । चितवनको खैरहनीमा अवैध लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर २ बाट प्रहरीले गाँजा सहित शिव कुमारी श्रेष्ठ, विशाल परियार र सुदिप दमाईलाई गए राती पक्राउ गरेको हो ।

प्रहरीले खैरहनी नगरपालिका वडा नम्बर २ स्थित विशाल परियार र शिव कुमारी श्रेष्ठको घरमा लुकाई राखेको अवस्थामा गाँजा बरामद गरेको जनाएको छ ।

श्रेष्ठको घरबाट प्रहरीले १ किलो ८ सय ग्राम गाँजा बरामद गरेको र परियारको घरबाट ९ सय ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बिशाल परियारको घरमा रहेका सुदिप दमाईलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरीले कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिनुभयो ।

सम्बन्धित

दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते

२ घन्टा अगाडि रेडियो नेपाल

थप ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

३ घन्टा अगाडि कल्पना दाहाल