तपाईँ सुन्दै हुनुहुन्छः

माथिल्लो कर्णाली आयोजना स्थलमा बम विस्फोट

दैलेख । माथिल्लो कर्णाली जलविद्युत आयोजना स्थलमा गए राति वम विष्फोट भएको छ ।

जिएमआरको कार्यालय रहेको स्थल कर्णाली नदी पारी अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका –३ को खैरीटाकुरीमा गए राती सवा १० बजेतिर बम विष्फोटन भएको हो । नेपाल सरकारद्धारा प्रतिबन्धित पार्टी विप्लव समुहले बम विष्फोटको जिम्मा लिएको छ ।

बम विष्फोटको जिम्मा विप्लवले लिए पनि आधिकारिक धारणा प्रेस विज्ञप्ती मार्फत जानकारी दिइने विप्लव समुहका अछाम जिल्लाका जिल्ला सेक्रेटरी भरत सावदले जानकारी दिनुभयो ।

सावदले ‘दलाल र भ्रष्टाचारी राष्ट्रघाती सरकारले राष्ट्रघाती सम्झौता गरेर देशलाई परनिर्भर बनाउन खोज्यो । हाम्रो प्राकृति स्रोत साधनमा विदेशीको हालीमुहाली हुन नदिन कुनै पनि हालतकम माथिल्लो कर्णाली आयोजना सञ्चालन हुन नदिईने वताउनुभयो ।

हामीले देशलाई परनिर्भर हुन बचाउन लागेका छौं सावदले भन्नुभयो विद्युतको नाममा भारतले पानी माथि गिद्धे नजर लगाएको छ ।

बम विष्फोटपछि जिएमआर कार्यालयमा रहेको सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । आयोजनाको प्रभावित क्षेत्र गस्ति थालिएको पाल्तडा स्थित प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button