तपाईँ सुन्दै हुनुहुन्छः

राजधानी हेटौंडा र नाम वागमती राख्न सत्तापक्ष-प्रतिपक्षको संयुक्त प्रस्ताव दर्ता

हेटौंडा । प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती राख्न सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरुले संयुक्त प्रस्ताव दर्ता गराउनुभएको छ ।

प्रदेश सभा सचिवालयमा सत्तारुढ नेकपासहित प्रतिपक्षी दलहरु कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायत दलले शनिबार संयुक्त रुपमा प्रस्ताव दर्ता गराउनुभएको हो ।

मुख्यमन्त्री एवम् नेकपा नेता डोरमणि पौडेलको यो प्रस्तावमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङले समर्थन गर्नुभएको छ ।

विवेकशील पार्टीले भने प्रदेशको नाम वागमतीमा सहमत हुँदै राजधानी काभ्रेको धुलिखेललाई बनाउनुपर्ने प्रस्ताव शनिबारै दर्ता गराएको छ ।

दुई जना सांसद रहेको नेमकिपा भने यसमा मौन छ ।

प्रदेशको नाम र राजधानीबारे शनिबार दिउँसो एक बजेदेखि छलफल हुँदै छ । आइतबार प्रस्तावमाथि मतदान हुने छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानी टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button