तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क स्वास्थ्य शिविरमा एक सय ५१ जनाको स्वास्थ्य परिक्षण

तनहुँ । महेन्द्र माविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुर्व बिद्यार्थी समाज महेन्द्र माविको आयोजना तथा समाधान अस्पतालको प्राविधिक सहयोगमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको हो ।

पुर्व बिद्यार्थी समाज महेन्द्र माविका अध्यक्ष विकास खनालको अध्यक्षतामा भएको उक्त स्वास्थ्य शिविरमा एक सय ५१ जना बिरामीहरूकोे स्वास्थ्य परिक्षण गरिएको थियो ।

समाधान अस्पताल दमौलीका डाक्टर सुशील पौडेल र बिशाल तिवारीले बिरामीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

शिविरमा बिरामीहरूको पेट दुखेको, ग्यास्टिक, टाउको दुखेको औषधीहरू निःशुल्क वितरण गरिएको अस्पतालकी प्रशासकीय अधिकृत रूविना खानले जानकारी दिनुभयो ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बिजयराज खनालले मानिसको सबैभन्दा संवेदनशिल कुरा स्वास्थ्य भएकोले स्वास्थ्यमा ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो ।

विद्यालय क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर समाधान अस्पतालले सामाजिक उत्तरदायित्व बहन गरेको खनालको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button