तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा र राजपा गठबन्धनको चुनावी प्रचार शुरु

फाइल तस्बिर

बर्दिवास । राष्ट्रियसभा निर्वाचनको लागि नेकपा राजपा गठबन्धनले महोत्तरीबाट २ नम्बर प्रदेशको प्रचार अभियान प्रारम्भ गरेको छ ।

शुक्रबार साँझ महोत्तरीको बर्दिवासमा आयोजित नेकपा राजपा गठबन्धनको संयुक्त बैठकबाट औपचारिक रुपमा प्रचार अभियान प्रारम्भ गरेको हो ।

उम्मेदवारलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेर कानुनी रुपमा उम्मेदवारी सुनिश्चित भएपछि प्रचार अभियान प्रारम्भ गरेको नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश २ का सचिव सुमनराज प्याकुरेले जानकारी दिनुभयो ।

राजपा नेपालका महासचिव मनिष सुमनले आफ्नो गठबन्धनको जीत सुनिश्चित रहेको घोषणा गर्दै प्रचार अभियानको औपचारिक रुपमा शुरु भएको घोषणा गर्नुभयो ।

कार्यक्रममा महोत्तरीका गठबन्धन पक्षीय प्रदेशसभा सदस्य र स्थानीय तह (नगररगाउँपालिका)का प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्षसहित दुबै पार्टीका अगुवा नेताको सहभागिता थियो ।

नेकपा राजपाको गठबन्धनका चारवटै उम्मेदवार नेकपाका तुलसा दाहाल र राधेश्याम पासवान एबम् राजपा नेपालका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादबलगायतले गठबन्धनका पक्षमा मतदान गर्न अपिल गर्नु भएको थियो ।

कार्यक्रममा दुबै दलका नेताले आपूmहरुको गठबन्धन आसन्न निर्वाचनमात्र नभएर मुलुककै स्थायित्व, सुशासन र समृद्धिका लागि दिर्घकालसम्म रहने बताउनुभयो ।

प्रदेश २ का सामाजिक बिकास राज्यमन्त्री तथा राजपा नेता अभिराम शर्मा, प्रदेशसभा सदस्य एबम् नेकपाका केन्द्रीय सदस्य भरतप्रसाद साह, नगरप्रमुखका तर्फबाट मनराशिशवाका प्रमुख तथा राजपा नेता सञ्जयकुमार सिंह र उपप्रमुखका तर्फबाट गौशालाका उपप्रमुख तथा नेकपा नेतृ आशा लामाले सहभागीका तर्फबाट उमेद्वारलाई बिजयको अग्रिम शुभकामना ब्यक्त गर्नुभएको थियो ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश–२ मा चार स्थानका लागि चुनाव हुँदैछ । चुनावमा गठबन्धन गरेका नेकपा र राजपाले दुई रदुई सिट बाँडेका छन् ।

प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनमा कूल मतदाता १० हजार ३२ (मतभारका आधारमा) छन् । निर्वाचनमा आ–आफ्नो गठबन्धनको जित हुने दुबैपक्षको दाबी छ ।

निर्वाचन कार्यक्रमअनुसार माघ ९ गते जनकपुरधाममा मतदान हुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button