तपाईँ सुन्दै हुनुहुन्छः

अवैध औषधीसहित एक जना मेडिकल सञ्चालक पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले अवैध रुपमा औषधी बिक्री वितरण गरिरहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

आफ्नै घरमा न्यु चाँदनी मेडिकल हल सञ्चालन गरी उक्त मेडिकलमा अवैध रुपमा औषधी बिक्री वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा गु.न.पा. वडा न.५ बाल मन्दिर बस्ने ६० बर्षिय बेदराज के.सी.लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बिशेष सुचनाको आधारमा तलासी गर्दा अवैध रुपमा राखिएको औषधी प्याकिङ गरेको ट्राम लेखेको ५५५ ट्याबलेट, अल्फ्रा जुलाम जम्मा ६५० ट्याबलेटसहित के.सी.लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

के.सी.लाई बरामद गरीएको औषधीसहित आवश्यक कारवाहीको लागि औषधी व्यवस्था बिभाग शाखा कार्यालय नेपालगञ्ज बाँके पठाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button