२०७७ साल असोज ६ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘समाजलाई परिवर्तन गर्न महिला पुरुष सँगसँगै अगाडी बढ्नुपर्ने’

सुरेन्द्रमणि त्रिपाठी/सम्झना गौतम २०७६ पुष २६ गते १६:२९

काठमाडौँ । समाजलाई परिवर्तन गर्न महिला पुरुष सँगसँगै अगाडी बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

आज काठामाडौंमा आयोजना गरिएको महिला आन्दोलनकी अभियन्ता एवं उपसभामुख डा.शिवमाया तुम्बाहाङफेद्वारा लिखित नेपालमा महिला आन्दोलन पुस्तकको परिचर्चा कार्यक्रममा सरोकारवालाहरुले नेपालमा महिला अधिकार स्थापित भएपनि यसलाई अझै व्यापकता दिनु जरुरी रहेको बताउनुभयो ।

महिला अधिकारकर्मी एवं सांसद पुष्पा भुषालले महिला आन्दोलन र त्यसपछिको महिलाहरुको अवस्थालगायतका बिषय समेटिएको नेपालमा महिला आन्दोलन नामक् पुस्तक सबैका लागि साझा पूस्तकका रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा वक्ताहरु डा. फणिन्द्र निरौला, प्राध्यापक डा.नर्वदेश्वर सत्याल, साहित्यकार रमेश पौडेललगायतले पुस्तकले नेपालमा महिला अधिकार स्थापित गर्न भएका प्रयास र उपलब्धिलाई उजागर गर्ने काम गरेको र यसबाट आगामी दिनमा महिलाका सवालमा अगाडी बढ्न उर्जा प्रदान हुने बिश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा मन्तव्य राख्दै नेपालमा महिला आन्दोलन पुस्तककी लेखिका उपसभामुख डा.शिवमाया तुम्बहाम्फेले सत्ता र शासनमा पुग्न अधिकार संगसंगै महिलामा क्षमताको बिकास पनि आवश्यक रहेको बताउनुभयो ।

महिला अधिकारका कुरालाई बिगतमा साझा सवालका रुपमा लिईंदा अहिले यस क्षेत्रमा संतोषजक प्रगति देखिएको उल्लेख गर्दै उपसभामुख डा.तुम्बहाम्फेले आगामी दिनमा सबै मिलेर महिलालाई अझ सशक्त बनाउंदै जानुपर्ने खाँचो औंल्याउनुभयो ।