तपाईँ सुन्दै हुनुहुन्छः

देशको अर्थतन्त्र सही ‘ट्र्याक’माः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरू स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउनुभएको छ ।

उहाँले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन थालेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा खतिवडाले देशको समग्र क्षेत्र नयाँ चरणमा प्रवेश गरेको भन्दै आर्थिक–सामाजिक रूपान्तरण हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय समाचार समितिसंगको कुराकानीमा अर्थमन्त्री डा खतिवडाले समग्र आर्थिक परिसूचक सकारात्मक रहेको बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले धानको उत्पादनमा सामान्य ह्रास आएको तर त्यो बाहेक अन्य सबै परिसूचक राम्रा रहेकोले लक्ष्यको नजिकै आर्थिक वृद्धि हासिल गर्ने उल्लेख गर्नु भयो ।

समष्टिगत आर्थिक परिसूचकहरु आर्थिक वृद्धिका लागि सकारात्मक रहेको र दुईवटा अन्य परिसूचकमध्ये बाह्य लगानीको प्रतिबद्धता अहिले ह्वात्तै बढेको पनि अर्थमन्त्रीले बताउनु भयो ।

उहाँले केही ठूला आयोजनामा यो आर्थिक वर्षमा एक खर्बभन्दा माथिको लगानी प्रतिबद्धता कायम हुने बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले बजारमा स्थायित्व छ, आर्थिक वृद्धिका लागि राम्रो परिसूचक छन् त्यसैले समग्रमा लगानीमा उत्साह रहेको जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button