तपाईँ सुन्दै हुनुहुन्छः

‘भद्रकुमारी घले व्यक्तित्व पुरस्कार’ साहित्यकार सुवेदीलाई

काठमाडौँ । यस वर्षको ‘भद्रकुमारी घले व्यक्तित्व पुरस्कार’ साहित्यकार प्रा डा अभि सुवेदीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ ।

‘भद्रकुमारी घले कृतित्व पुरस्कार’ साहित्यकारद्वय काजी रोशन र शेरबहादुर गुरुङ तथा पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही ५० हजार रहेको छ ।

सोही पुरस्कार साहित्यकार आनन्ददेव भट्ट, सुशीला भट्ट र सुनिता गुरुङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही २५ हजार रहेको छ ।

त्यस्तै यस वर्षको ‘भद्रकुमारी घले साहित्य पुरस्कार’ साहित्यकार तथा समाजसेवी गीता कार्की, सरस्वती जोशी, विमाया तामाङ, गोमा कटवाल तथा पशुपति गुरुङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रहेको छ ।

भद्रकुमारी घले सेवा सदनको १६ औँ वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा आज काठमान्डौमा आयोजित ‘पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उहाँहरुलाई सो पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा मन्त्री गुरुङले भद्रकुमारी घले सेवा सदनले गरिरहेको कामको उच्च प्रशंसा गर्दै आगामी दिनमा सरकारले त्यसको मूल्याङ्कन गरी सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button