तपाईँ सुन्दै हुनुहुन्छः

भिक्टोरी म्याराथन एण्ड युनिटी रन प्रतियोगिता सम्पन्न

बुटवल । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै रुपन्देहीको बुटवल स्थित जीतगढी शनिवार आयोजित भिक्टोरी म्याराथन एण्ड युनिटी रन प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाली सेनाको मध्यपशिचम पृतना हेडक्वाटर बुटवलको संयोजकत्वमा भएको प्रतियोगितामा ४१ शदमलव १९५ किलोमिटर दौडमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम, राजय रोकाया द्धितीय र कल्याण बाँनिया तृतीय भएका छन ।

महिलातर्फको ४२ दशमलव १९५ किलोमिटर दौडमा कान्छीमाया कोजु प्रथम, नेपाली सेनाका सरिता बासी द्धितीय र सशस्त्र प्रहरी बलका कृष्णेश्वरी सिन्तकला तृतीय भएकी छन् ।

पुरुष र महिला तर्फ बिजेतालाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैया पुरस्कार प्रदान गरिएको छ ।

२१ किलोमिटर पुरुष दौडमा नेपाली सेनाका गजेन्द्र राई प्रथम, रामजी बस्नेत द्धितीय र मिलन कार्की तृतीय भएका छन भने महिला तर्फ पनि सेनाकै विश्वरुपा बुढा प्रथम, पूर्णलक्ष्मी न्यौपाने द्धितीय र नेपाल प्रहरीकी रेखा बिष्ट तृतीय स्थान प्राप्त गर्न सफल भएकी छन् । बिजेताले क्रमशः ५० हजार , १५ हजार र १० हजार रुपैया पुरस्कार प्राप्त गरे ।

पुरुषतर्फ १० किलोमिटर दौड तर्फ नेपाली सेनाका शिवमाया रायमाझी प्रथम, श्रीप्रकाश राई द्धितीय र गणेशसिंह ठकुरीले तृतीय स्थान प्राप्त गरे । यस्तै महिला तर्फ नेपाली सेनाकै सानुमाया कार्की प्रथम, सीता सेन द्धितीय र सीता चौधरी तृतीय भइन ।

उनीहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतियोगितामा उपप्रधान एवंम रक्षामन्त्री क्ष्श्वर पोखरेलले बिजयी खेलाडीहरुलाई पदक तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button