तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवार प्रचारप्रसारमा

काठमाडौं । राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनमा भाग लिएका उम्मेदवार चुनावी प्रचारप्रसारमा जुुट्नुुभएको छ ।

निर्वाचन आयोगबाट शुुक्रबार निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवार चुनाव प्रचारप्रसारका लागि निस्कनुुभएको हो । उक्त निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्र्टीका सात, राष्ट्रिय जनता पार्टी नेपालका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र राष्ट्रिय जनमोर्चा पार्टीका दुई उम्मेदवार चुुनावी प्रतिस्पर्धामा हुनुुहुन्छ ।

स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष तथा प्रदेशसभा सदस्य यस निर्वाचनमा मतदाताका रुपमा रहनुुभएको छ । आयोगले उम्मेदवारलाई सम्बन्धित पार्टीकै निर्वाचन चिन्ह् प्रदान गरेको छ । मुुलुुकका सातै प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्पm दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ दुई र अन्य समूहतर्पm सात गरी जम्मा १८ पदका लागि यो निर्वाचन हुन लागेको हो ।

उक्त निर्वाचनमा महिला समूहतर्पm १६, दलित समूहतर्पm पाँच, अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्पm पाँच र अन्य समूहतर्पm १९ गरी जम्मा ४५ जना उम्मेदवार हुनुुहुन्छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को घोराही, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

उक्त निर्वाचनमा परिणाम आफनो पक्षमा ल्याउन नेकपा र राजपा तथा नेपाली काँग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button