२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा र वाग्मतीका पक्षमा मतदान गर्न ‘ह्वीप’

रेडियो नेपाल २०७६ पुष २७ गते ११:२५

हेटौडा । प्रदेश नं ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच एकमत देखिएका छन् ।

ती दलका आज विहान यहाँ बसेको संसदीय दलको अलग अलग बैठकले राजधानी हेटौँडा र नाम वाग्मतीका पक्षमा मतदान गर्न आफ्ना सदस्यलाई ह्वीप समेत जारी गरेका छन् ।

प्रदेशसभामा विवेकशील नेपाली दल र विवेकशील साझाले राजधानीमा काभ्रेको धुलिखेल प्रस्ताव दर्ता गरेपछि नेकपा र काँग्रेसले ह्वीप जारी गरेका हुन् ।

नेकपा प्रदेश नं ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले दलको निर्णयविपरीत नगर्न बैठकमा निर्देशन दिनुभएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले जानकारी दिनुभयो ।

काँग्रेस प्रदेश नं ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफ्नो पार्टीले हेटौँडा र वाग्मतीका पक्षमा मतदान गर्ने जानकारी दिनुभयो ।

सम्बन्धित

लायन्स क्लबद्वारा विद्यार्थीहरूलाई सहयोग 

४ घन्टा अगाडि अशोक विश्वकर्मा

रमजान पर्व भोलिदेखि शुरु

५ घन्टा अगाडि रेडियो नेपाल

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

५ घन्टा अगाडि कृष्ण न्यौपाने