तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समूहद्वारा भिमादको एनसेल टावरमा आगजनी

तनहुँ । तनहुँको भिमाद ५ मिछुर्लुङ्गस्थित एनसेलको टावरमा शनिबार राती अज्ञात समूहले आगजानी गरेका छन् ।

आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको एनसेल भिमाद शाखाका कर्मचारी महेश महतोले बताउनुभयो ।

बिहानै टावर गएरमा हेर्दा जलेको अवस्था भेटिएको उहाँले बताउनुभयो । बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको देखिएको छ ।

हम्मर, लौरो जलनपदार्थ र जुटको बोरा प्रयोग गरेर आगजनी गरेको घटनास्थलमा देखिएको उहाँले बताउनुभयो ।

आगजनीबाट करोड बढी क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

टावरको जेनेरेटर, व्यट्री, टावरका तार लगायतका सामग्री जलेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो । विप्लप समुह माथि आशंका लागेको प्रहरीले जनाएको छ । तर आगजनी कस्ले गरेको भन्ने पहिचान खुलेको छैन । घटनाको संलग्नताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button