तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरलगायत तराइका जिल्लामा पुनः शितलहर सहितको कठ्याग्रीदो जाडो

जनकपुरधाम । जनकपुरलगायत तराइका जिल्लामा विगत तीन दिनदेखि पुनः अत्याधिक चिसो बढेको छ । पश्चिमी वायुको प्रभावका कारणले आज बिहानदेखि शितलहर पनि शुरु भएको छ ।

अत्याधिक चिसोका कारणले बृद्धबृद्धा ज्येष्ठ नागरिक, असक्त, अपाङ्ग तथा दीर्घरोगका बिरामीहरु पुनः बढेको चिसोका कारणले बढी मात्रामा प्रभावित भएका छन् । यसैगरी दम्भ, रुघा खोकी, निमोनिया तथा हाडजोर्नीका विरामीहरु पुनः समस्यामा परेका छन् ।

कठ्याग्रीदो जाढोका कारणले विहान विद्यालय जाने बालबालिकाहरु बढी मात्रामा प्रभावित भएका छन् । जाडो शुरु भएसँगै न्यानो तथा बाक्लो कपडाहरुको बिक्रीमा बृद्धि भएको छ ।

अत्याधिक चिसो बढेपछि ठाउँठाउँमा आगो ताप्ने क्रम पनि बढेर गएको छ । खास गरेर गरिब तथा बिपन्न वर्गका व्यक्तिहरु बढी मात्रामा प्रभावित भएका छन् ।

त्यस्तैगरी आज ११ः०० बजेसम्म जनकपुर विमानस्थलमा विमान अवतरणका लागि भिजिविलिटी नरहेको जनकपुर विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button