तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा बस दुर्घटना, एक जनाको मृत्य, १५ जना घाइते

कपिलवस्तु । कपिलवस्तुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

जिल्ला सदरमुकाम तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको लु १ ख ६८१३ नम्बरको बस कपिलवस्तु नगरपालिका वडा नं. ७ धर्मपनियामा दुर्घटना भएको हो ।

दुरघटनामा एक महिलाको मृत्यु भएको छ । मृतकको सनाखत भने हुन सकेको छैन् । दुर्घटनामा घाइते १५ जनाको जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमसेर जबराले बताउनुभयो ।

दुर्घटना लगत्तै चालक र सहचालक फरार रहेका छन् । चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

घटनाबारे थप अुनसन्धान भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button