तपाईँ सुन्दै हुनुहुन्छः

सबै विश्व विद्यालयमा एउटै व्यवस्था गर्नेगरी छाता ऐन ल्याउने तयारी

फाइल तस्बिर

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले देशभर रहेका ११ वटा विश्व विद्यालयहरु सञ्चालनका लागि नयाँ छाता ऐन ल्याउने तयरी भईरहेको बताउनु भएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा शिक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलका क्रममा मन्त्री पोखरेलले बिभिन्न विश्व बिद्यालयहरुमा छुट्टाछुट्टै रुपमा रहेको ऐनहरुलाई एउटै ऐनभित्र ल्याएर समान खालको व्यवस्था गर्ने तयारी भएको बताउनुभयो ।

विधेयकमा रहेको छात्रावृत्ती सम्बन्धी व्यवस्था, पदाधीकारीको व्यवस्था र विश्व विद्यालयहरुमा एकरुपता ल्याउनुपर्ने विषयमा भएको छलफल निश्कर्षमा पुग्न नसकिरहेको बेलामा शिक्षा मन्त्री पोखरेलले सवै विश्व विद्यालयहरुमा एकै खालको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो ।

समितिले विधेयकमा प्रस्ताव गरिएका र मिल्नबाँकी सबै विश्व विद्यालयहरुमा एकरुपता, छात्रावृत्ती सम्बन्धी व्यवस्था र पदाधीकारीलाई पदवाट हटाउने व्यवस्थामा छुट्टै उपसमिति बनाएर छलफल गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button