तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशस्तरी यूवा सम्मेलन शुरु

जुम्ला । कर्णालीमा दुई दिने प्रदेशस्तरी यूवा सम्मेलन शुरु भएको छ । युवा उद्यमशिलता, दिगो बिकासमा युवाको सहभागितालाई सुनिश्चिता, रोजगारीका लागि बाहिरिएका युवालाई घर फर्काउन आह्वान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको छ ।

सम्मेलनको उद्घाटन गर्दै कर्णालीका कानुन मन्त्री नरेश भण्डारीले पहिलो प्रथामिकता युवालाई घर फर्काउने, दोस्रो कर्मशील भएर संघिय सरकारको अनुदानमा भईरहेको परनिर्भरतालाई अन्त्य गर्ने दावी गर्नुभयो ।

उहाँले आर्थिक रुपमा समृद्ध प्रदेश, सुखी कर्णालीबासी बनाउन युवा शक्तिलाई सक्षम र उद्यमशील बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कर्णालीमा कृषि, पर्यटन, व्यापार व्यवसायको प्रचुर सम्भावना छ तर कर्मशिल यूवाको अभावले परनिर्भरता बढेको हँुदा कर्णालीको परनिर्भता अन्त्य आर्थिक समृद्धिका लागि युवा उद्यमशलितालाई जोड दिने सरकारको मुख्य लक्ष्य रहेका मन्त्री भण्डारीले बताउनुभयो ।

उहाँले विदेशिएका युवाहरुलाई कर्णालीमा फर्किन आह्वान समेत गर्नुभएको छ । युवाहरुलाई खाडीको सपना देख्न छोडेर चिनो, कागुनो, सिमी र पर्यटन प्रवद्र्धनमा लाग्नु पनि मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।

‘युवा श्रमशिल, कर्मशिल भएमा हामीले कसैसँग माग्नु पर्दैन उस्तै परे संघीय सरकारलाई निर्व्याजी ऋण दिन सक्ने बनौ’ उहाँले भन्नुभयो । कर्णालीमा खेती योग्य जमिन बाँझै छ । कर्णालीका कुल यूवाको संख्या मध्ये ७० प्रतिशत यूवा कालापहाडमा छ्न् । वर्षेनी करिब तीन हजार मेट्रिकटन खाद्यन्न कर्णालीमा अभाव छ । जुन आयातमै निर्भर छ ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयका सचिव डा.मानबहादुर बि.कले कर्णालीको परभिर्नरता अन्त्य यूवा परिचालनबाटै सम्भव हुने बताउनुभयो । उहाँले सरकारले यूवामैत्री योजना बनाएको छ । तर पनि कालापहाड जाने, विदेशी समस्याले गर्दा कर्णाली पछाडि परेको उहाँको भनाई छ ।

वीरेन्द्रनगर नगरपालिकाका की उप–प्रमुख मोहनमाया ढकालले परिवर्तनको लागि युवाहरुको खाँचो छ । जग्गा बाँझा छन्, रोजगारी भएन भनेर विदेश जाने चिन्तन हटाउन आवश्यक रहेकोमा बताउनुभयो । उहाँले कर्णाली प्रदेश सरकार र स्थानीय तहहरु युवाहरुलाई रोजगारी दिनको लागि कटिबध भएर काम गर्न लागि परेको बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले कर्णालीको परनिर्भता अन्त्य गर्न यूवाको भुमिकालाई विशेष महत्व दिएर छलफल तथा बहस गरिनेछ ।

सम्मेलन अवधी भर दिगो विकास लक्ष्य, युवा उद्यमशिलता, नेपाल भ्रमण वषर्, कर्णाली भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनका लागि युवाहरुको भूमिका बारेमा युवाहरु बीच व्यपाक अन्र्तक्रिया हुने आयोजक नेपाल युवा परिषद् कर्णाली प्रदेशले जनाएको छ ।

सम्मेलनमा १० जिल्लाका दुई सय बढी युवाहरुको सहभागिता रहेको प्रदेश सदस्य ईन्द्रजित सुनारले जानकारी दिनुभयो ।

कर्णालीको परभिर्नता अन्त्य गर्न यूवा उद्यमशलितालाई प्रथामिकता दिदै सुर्खेत घोषणा पत्र जारी गरेर सम्मेलन मंगलबार सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button