२०७७ साल असार १८ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

खोलामा बालुवा गिट्टी संकलन रोक्न जादा यूवकको हत्या, हत्यामा क्रसर उद्योगका सञ्चालक

अजय कुमार झा २०७६ पुष २७ गते १९:३५

जनकपुरधाम । धनुषा जिल्लामा अबैध रुपमा भैरहेको बालुवा गिट्टीको उत्खनन् विरुद्ध आवाज उठाउने युवाको हत्यामा क्रसर उद्योगका सञ्चालककै संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

मिथिला नगरपालिका वडा नं. ५ का २४ वर्षका दिलिप भन्ने ओम प्रकाश महतोको हत्या संलग्न रहेको आशंकामा प्रहरीले क्रसर उद्योगका सञ्चालक धनुषाको मिथिला नगरपालिका बिपिन कुमार महतो, महोत्तरीको बर्दिवास नगरपालिकाका टिपरका चालक मुनिन्द्र महतो, सोही नगरपालिकाका लोडर चालक जितेन्द्र कुमार महतो र मिथिला नगरपालिका रोशन यादवलाई पक्राउ गरेको छ ।

दिलिपलाई फलामको लिभरले घाईते बनाइ टिपरले किचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनु भयो ।