तपाईँ सुन्दै हुनुहुन्छः

ज्वालामुखीबाट खरानीको मुस्लो निस्केपछि…..

एजेन्सी-फिलिपिन्सको राजधानी मनिला नजिक रहेको ज्वालामुखीबाट खरानीको मुस्लो निस्केपछि, ज्वालामुखी आसपास रहेका मानिसहरुलाई स्थानान्तरण गरिएको छ । ज्वालामुखी नजिक रहेका बस्तीबाट करिब ८ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

राजधानी मनिलाको दक्षीण स्थित ताल नाम गरेको उक्त ज्वालामुखीबाट निस्केको खरानीको मुस्लो आकाश तिर करिब एक किलोमिटर उचाई लिएको र ज्वालामुखीबाट कम्पन उत्तपन्न भएको बताइएको छ । आगामी हप्ताहरुमा ज्वालामुखी विस्फोटन हुने सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन, अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button