तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान आगलागी हुँदा एक घर जलेर नष्ट

सल्यान । सल्यानमा एक घरमा आगलानी हुँदा घर जलेर नष्ट भएको छ । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका १० का चन्द्रबहादुर बुढाको घरमा आगलागी भएको हो ।

आगलागीबाट घरका रहेका लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको पिडित बुढाले जानकारी दिनुभयो । आगलागीबाट एक लाख ५० बराबरको क्षति भएको छ । घर पूर्णरुपमा जलेपछि बुढाको परिवार आफन्तको घरमा बसेका छन् ।

स्थानीयले आगो नियन्त्रणमा लिएपनि घरमा बस्ने अवस्था नभएको उहाँको भनाई छ । आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न सबैलाई उहाँले आग्रह समेतगर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button