तपाईँ सुन्दै हुनुहुन्छः

अपांगता भएका व्यक्तिहरुलाई न्यानो कम्वल वितरण

कञ्चनपुर । राष्ट्रिय वाणिज्य बैंक बेलौरी शाखाले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ का ५० जना अपांगता भएका व्यक्तिहरुलाई न्यानो कम्वल वितरण गरेको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ८ को सहकार्यमा आयोजित वित्तीय साक्षरता कार्यक्रमका बीच बैंकले उक्त सहयोग प्रदान गरिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच जना र ४५ जना अति अशक्त गरी ५० जना अपांगता भएका व्यक्तिहरुलाई कम्वल वितरण गरिएको राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय बेलौरीका निमित्त शाखा प्रवन्धक प्रदीप विकले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बेलौरी नगरपालिका ८ नम्बर वडा कार्यालयबाट केही बैशाखी वितरण गरिएको बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नन्द कुमार रानाले बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष रानाले हजारौँको संख्यामा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरु उक्त वडा र आसपासको क्षेत्रमा भएपनि बैंकसम्म पुग्न केही टाढा पर्ने हुँदा बेलौरीको कलकत्तामा शाखा बिस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता भन्ने नारा सहित देशभर जारी बैंक खाता अभियान २०७६ अन्तर्गत भदौ १४ गते उक्त वडामा गरिएको कार्यक्रममा सो वडाका करीव एक हजार व्यक्तिहरुले बैंक खाता खोलेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button