२०७६ साल माघ ५ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

निर्णय सच्याउन कांग्रेस सभापति देउवासँग महामन्त्री कोइरालाको आग्रह

रोहित काफ्ले २०७६ पुष २८ गते १६:२७

फाइल तस्बिर

भद्रपुर, झापा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सच्याउन सभापति शेरबहादुर देउवासँग आग्रह गर्नुभएको छ ।

झापाको बिर्तामोडमा आज प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले त्यस्तो आग्रह गर्दै निर्णय सच्याउनुको विकल्प नरहेको बताउनुभयो ।

महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्न रामचन्द्र पौडेल र सिटौला समूहबीच सहकार्य आवश्यक रहेको बताउँदै कोइालाले सभापति देउवासँग पार्टी र मुलुक चलाउने सपना नरहेको, गुट मात्रै चलाउने क्षमता रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘अहिलेसम्म गुट चलाएरै यहाँसम्म आइपुग्नुभयो, फेरी पनि गुट चलाउन उहाँलाई सभापति बनाउन सकिदैन ।’

कोइरालाले आफू पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको बताउनुभयो । उहाँले आफूसँगै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत सभापतिको आकांक्षी रहेको पनि खुलासा गर्नुभयो ।