२०७८ साल वैशाख ६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले मुलुकमा नीजि क्षेत्रले उद्यम गर्ने वातावरण निर्माणमा जोड दिएको छ : मन्त्री खतिवडा

भुवनप्रसाद आचार्य २०७६ पुष २८ गते १९:११

फाइल तस्बिर

काठमाडौँ । नेपाली नीजि क्षेत्रको जेठो व्यवसायिक संस्था नेपाल चेम्बर अफ कर्मश ७० बर्षमा प्रवेश गरेको छ ।

७०औ बर्ष प्रवेशसँगै नेपाल चेम्बर अफ कर्मशले आज ६९औँ बार्षिक साधारण सभाको आयोजना गर्नुका साथै चेम्बर दिवस पनि मनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मुलुकमा नीजि क्षेत्रले उद्यम गर्ने वातावरण निर्माणमा जोड दिएको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक बिकासमा नीजि क्षेत्रको योगदान अझ बढोस भनेर सरकारले नीजि क्षेत्र मैत्री र पारदर्शी कानूनहरु निर्माणलाई जोड दिएको बताउनुभयो ।

मुलुकको आर्थिक विकासको यात्रामा सरकार र नीजि क्षेत्रसँगै रहेको र भावी यात्रामा सँगै अघि बढ्ने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले नीजि क्षेत्रले भोग्नु परेका व्यवसायिक समस्या क्रमशः समाधान हुदै गएको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले सरकार आफनो तर्फबाट सेवाप्रवाह र निर्णय प्रकृया छिटो होस भनेर भरमग्दुर प्रयास गरेको भन्दै व्यवसायीहरुलाई पनि स्वच्छ व्यवसाय गर्न र निर्यातमुलक उद्योगमा लगानी बढाउन पनि आग्रह गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले उत्पादनमा वृद्धि र उत्पादनमुलक उद्योगमा लगानी नगरी दिगो आर्थिक वृद्धिमा जान सकिंदैन भन्दै प्याकेजिङ, ब्राण्डिङ,एक्सपोटिङर सिपिङसम्मका विषयहरुमा व्यवसायिहरुसंँग बसेर छलफल गरी अघि बढन सरकार तयार रहेको पनि उल्लेख गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले व्यवसायिहरुलाई आयात भन्दा पनि निर्यातमा जोड दिन आग्रह गर्दै त्यसो गर्न सके राष्ट्र निर्माणमा समेत योगदान पुग्छ भन्नुभयो ।

कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ती राज्यमन्त्री मोतीलाल दुगडले सरकारी सबै संस्थानहरुलाई नाफामा ल्याउने गरी संचालन गर्ने प्रतिवद्धता जनाउनुभयो उहाँले उद्योगी व्यवसायीहरुका समस्या सरकारले आजको भोलि नै समाधान गर्ने र उद्योगी व्यवसायीहरुलाई सरकारले ज्वाइलाई जसरी सम्मान र सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मुलुकमा व्यवसायीहरुले विभिन्न प्रकारका समस्या भोग्नु परेको तथा मुलुक फेरी लाईसेन्स राजतर्फ फर्कने होकी भन्ने त्रास र चिन्ता उद्योगी व्यवसायीहरुमा रहेको बताउनुभयो ।

त्यस अवसरमा चेम्बरद्धारा स्थापित बिभिन्न पुरस्कारहरुबाट विभिन्न उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री खतिवडाले सम्मान गर्नु भएको थियो ।

सम्बन्धित

नेप्सेमा ३५.८९ अङ्कको गिरावट   

१३ घन्टा अगाडि रेडियो नेपाल

पर्यटकलाई लोभ्याउँदै सत्खलुवा ताल

१५ घन्टा अगाडि संजय आचार्य

दाङमा तोरी उत्पादनमा वृद्धि

१७ घन्टा अगाडि रेडियो नेपाल