तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको तीन लाख नगदसहित एक भारतीय पक्राउ

बीरगंज ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आज वीरगंजको रजतजयन्ती चोकबाट अवैध रुपमा हुण्डीको कारोवारमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई तीन लाख रुपँैयासहित रंगेहात पक्राउ गरेको छ ।

क्सौलबाट वीरगंजतर्फ आईरहेको अवस्थामा इनर्वाचोकमा चेकजाँचको क्रममा वीर आर ०५ भि ३४४४ नम्बरको मोटर साईकलमा सवार भारतीय नागरिक मोतिहारी पूर्वचम्पारण रक्सौल बस्ने २१ बर्षिय जबिउल्लाह आलमको साथबाट श्रोत नखुलेको तीन लाख रुपैँया बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौले बताउनुभयो ।

बरामद गरिएको नगद, मोटर साईकलसहित अभियुक्त आलमलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको राठौरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button