२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

रुमाल बरामद

रेडियो नेपाल २०७६ पुष २९ गते ७:१३

भीमदत्तनगर-कञ्चनपुरको महाकाली नगरपालिकाबाट भन्सार छलेर भारत निर्यात हुन लागेको रु २६ लाख ८८ हजार बराबरको महिला रुमाल (गम्छा) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

महाकाली नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बिओपी पोष्टले भारत निर्यात हँुदै गरेको अवस्थामा भारतीय नम्बरको युपे १८ सिए ४८९२ नम्बरको ट्रकबाट हालै सो मूल्य बराबार रुमाल नियन्त्रणमा लिएको पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीले जानकारी दिनुभयो ।

प्रमुख भण्डारीले ट्रक र सामान करिब रु ३९ लाख ५० हजार मूल्य बराबरको रहेको र थप कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाएको जानकारी दिनुभयो ।

सम्बन्धित

लायन्स क्लबद्वारा विद्यार्थीहरूलाई सहयोग 

४ घन्टा अगाडि अशोक विश्वकर्मा

रमजान पर्व भोलिदेखि शुरु

५ घन्टा अगाडि रेडियो नेपाल

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

५ घन्टा अगाडि कृष्ण न्यौपाने