२०७७ साल असार २९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

वैधानिकरुपमा नेपाली समाजको नेतृत्व लिन पार्टी एकता : नेकपा प्रवक्ता श्रेष्ठ

किरण श्रेष्ठ २०७६ पुष २९ गते ८:४३

तनहुँ । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वैधानिकरुपमा नेपाली समाजको नेतृत्व लिन कम्युनिष्ट पार्टीबीच एकता भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि तनहुँको आयोजनामा सोमवार दमौलीमा भएको जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले राजनीतिक उपलब्धीलाई संस्थागत गर्न र परिर्वतनको आकाक्षा पुरा गर्न पार्टी एकता भएको बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘हामीले प्राप्त गरेको उपलब्धीको रक्षा गर्दै क्रान्तिलाई निरन्तरता दिन हामी एकीकृत भएका हौ ।’ उहाँले थप्नुभयो ‘राजनैतिक परिवर्तन र उपलब्धिलाई संस्थागतगरी जनताको जीवन परिवर्तन गर्दै समृद्धि हासिल गर्ने लक्ष्य सहित पार्टी अघि बढ्छ ।’कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, – ‘समाजवादको रणनीतिक लक्ष्य पुरा गर्न पार्टी एकता गरेका हांै ।सामाजिक न्याय सहितको समृद्धिको लक्ष्य पुरा नगरे समाजवादको नीति पुरा हुदैन ।’

कार्यक्रममा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले जनता संगको सम्बन्ध सुधार गर्न पार्टी लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘जनतासँग सम्बन्ध सुमधुर गर्दै पार्टि संगठित गर्ने काम भईरहेको छ ।’

नेकपा गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले कम्युनिष्टहरु एक भएर देशनिर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा तनहुँका इन्चार्ज हरि बहादुर चुमानले कार्यकर्ताले सदस्यता नविकरण गर्नुपर्ने बताउनुभयो ।

क्रियाशील कार्यकर्ताको रुपमा काम गरे पार्टिले गुनासो राख्ने ठाउँ नदिने उहाँले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी विश्वको तेस्रो र एसियाको पहिलो कम्युनिष्ट पार्टि भएको नेकपा केन्द्रिय सदस्य गोविन्द नेपालीले बताउँदै कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टी झैँ बनाई राख्नुपर्ने मा जोड दिनुभयो ।