तपाईँ सुन्दै हुनुहुन्छः

जेष्ठ नागरिकलाई न्यानो कपडा

सल्यान । सल्यानमा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. २ ले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।

वडामा जेष्ठ नागरिक शिर्षकमा विनियोजन गरिएको बजेटबाट वडामा रहेका ७३ वर्ष माथिका ३४ जेष्ठ नागरिकलाई न्यानोकपडा वितरण गरिएको वडा अध्यक्ष प्रेम बहादुर खड्काले बतानुभयो । प्रत्येक जेष्ठ नागरिकलाई ज्याकेट, पन्जा, मोजा, ऊनको टोपी र ट्राउजर प्रदान गरिएको उहाँको भनाई छ ।

न्यानो कपडा पाएपछि ८५ वर्षिय कर्ण बहादुर खत्रीको अनुहार खुशी थियो । उहाँले भन्नुभयो, ‘बुढा बुढीलाई कसैले हेर्दैन भन्थे तर सरकारले हामीलाई हेरेको छ । भत्ता पनि दिन्छ । कपडा पनि दियो । जाडोमा कठ्यग्रीएर बस्नु नपर्ने भो ।’

न्यानो कपडा वितरण गरेपछि स्थानीय सरकारप्रतिको विश्वास झनै बलियो भएको पुतली कामीले बताउनुभयो । चिसो छल्न न्यानो कपडा दिएकोमा उहाँले वडा कार्यालयलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button