तपाईँ सुन्दै हुनुहुन्छः

शाही भूमिकाबाट अलग हुने ह्यारी र मेगनको फैसलालाई

एजेन्सी । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले गरको फैसलालाई बेलायतकी महारानी एलिजाबेथले समर्थन गरेकी छन् ।

महारानीले योसँगै राजकुमार ह्यारी र उनकी पत्नीले शाही परिवारको पूर्णकालीन सदस्यको भूमिका नछोडुन् भन्ने इच्छासमेत जाहेर गरेकी छन् । उनले आगामी दिनमा यसबारेमा अन्तिम फैसला आउने आशासमेत व्यक्त गरेकी छन् ।

गत बुधबार राजकुमार ह्यारी र मेगनले अप्रत्यासित रूपमा आफूलाई शाही भूमिकाबाट अलग राखेर आर्थिक रूपमा आ त्मनिर्भर हुन काम गर्ने घोषणा गरेका थिए ।

यो अप्रत्यासित फैसला सार्वजनिक भएसँगै ब्रिटेनको शाही परिवारमा सम्बन्धमा खटपट रहेको चर्चा चलेको थियो । यसका साथै राजकुमार ह्यारी र उनकी पत्नीको फैसलाबाट बकिङ्हम दरबार निराश भएको बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button