तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । केही समयदेखि उचाबचढाब भइरहेको सुनको मूल्य मंगलबार घटेको छ । छापावाला सुन मंगलबार प्रतितोला ८०० ले घटेर कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ७४ हजार ८०० ले कारोबार भएको सुनको मूल्य आज घटेर ७४ हजारमा कारोबार भइरहेको हो । आज चेजावी सुन प्रतितोला ७३ हजार ७०० ले कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ८९० ले कारोबार भएको चाँदी मंगलबार रु १० ले घटेर प्रतितोला ८८० मा कारोबार भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button