तपाईँ सुन्दै हुनुहुन्छः

‘निजगढ विमानस्थल र द्रुतमार्गमा बजेटको अभाव हुैन’

ध्रुव अधिकारी, वीरगञ्ज । अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग र रेल्वे परियोजनामा बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

प्रस्तावित निगजढ अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ–काठमाण्डौ फास्ट ट्रयाक तथा जनकपुर–जयनगर रेल्वे परियोजनाको स्थलगत अनुगमनका लागि बारा पुग्नु भएका अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताउनु भयो ।

उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई आयोजना पूर्वको तयारी सक्न र आयोजना सुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने खुलासा समेत गर्नु भयो ।

अर्थमन्त्री डा.खतिवडाले विमानस्थल निर्माण क्षेत्रको स्थलगत अवलोकन गर्दै बस्ती व्यवस्थापन, जग्गा अधिग्रहण, वन तथा रूखले चर्चेको क्षेत्रफलको जानकारी समेत लिनु भएको थियो ।

निजगढ काठमाडौ द्रुतमार्गमै प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार जोडिने भएकाले यो आयोजनाले काठमाडौंको हवाई ट्राफिक चाप घटाउन महत्वपूर्ण भूमिका खेल्ने अर्थमन्त्री डा. खतिवडाले दावी गर्नु भयो ।

उहाँले फास्ट ट्रयाक र विमान स्थल देशका लागि महत्वपूर्ण आयोजना भएका कारण सबै पक्षले यसमा सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

अर्थमन्त्री डा. खतिवडा आजै वाराबाट रेल्वे आयोजनाको अवलोकनका लागि जनकपुर तर्फ जानु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button