तपाईँ सुन्दै हुनुहुन्छः

३२ वटा स्थानीय तहमा औद्योगिक ग्राम निर्माणको प्रक्रिया शुरु

काठमाडौं । सरकारले ७ वटै प्रदेशका ३२ वटा स्थानीय तहमा औद्योगिक ग्राम निर्माणका लागि आवश्यक प्रकृया शुरु गरेको छ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले चालु आर्थिक वर्षमा ३२ स्थानीय तहहरुमा औधोगिक ग्राम निर्माण गर्न स्वीकृती प्रदान गरी प्रत्येकलाई पूर्वाधार निर्माणको लागि ९२ लाख रुपैया प्रदान गरेको छ ।

मंगलवार काठमाडौमा आयोजित एक कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा औधोगिक ग्राम निर्माण गर्न स्थानीयतहहरु र उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर गर्नुका साथै रकम प्रदान गरिएको हो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले स्थानीय उत्पादनको प्रबद्र्दन गर्न र बढदो व्यापार घाटा कम गर्न औधोगिक ग्राम एवं साना तथा मझौला उद्योगको महत्वपूर्ण भूमिका हुने वताउनु भयो ।

मन्त्री भट्टले विकास योजनामा पार्टीगत मानसिकता त्यागेर सहकार्य अघि बढाउनु आवश्यक रहेकोमा पनि जोड दिनु भयो ।

उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडले औद्योगिक ग्रामको निर्माणले अर्थतन्त्रमा ठुलो योगदान पूग्ने विश्वास व्यक्त गर्नु भयो ।

उद्योग सचिव यामकुमारी खतिवडा र बाणिज्य सचिव डा बैकुण्ठ अर्यालले तिनै तहको अपनत्व हुने गरी औद्योगिक ग्राम निर्माणको संरचना वनाउन मन्त्रालय लागेको बताउनु भयो ।

सरकारले आगामी चार वर्षमा सवै स्थानीय तहमा एक एक वटा औद्योगिक ग्राम निर्माण गर्ने नीति लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button