तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल स्टक एक्सचेञ्जले ४० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आफना शेयर धनीहरुलाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

मंगलबार सम्पन्न नेप्सेको २७ औँ वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो ।

नेप्सेले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हुन आउने रकम २० करोड नगद लाभांश वितरण गर्नेछ ।

उक्त रकम शेयर संरचनाको आधारमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक र पछिल्लो समयमा नेप्सेको शेयर खरिद गरेका कर्मचारी सञ्चय कोष, लक्ष्मी बैंक तथा प्रभु बैंक र अन्यले प्राप्त गर्नेछन् ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ । नेप्सेले आर्थिक वर्ष २०७५–७६ मा २८ करोड खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा नेप्सेले २६ करोड खुद नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button