तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल कुनै विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने परराष्ट्रमन्त्रीको भनाई

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेका कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताउनुभएको छ ।

दोस्रो रुरु महोत्सवको आज उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कुनै पनि देशको विकास सहायतासँग बन्दूक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो ।

मन्त्री ज्ञवालीले विकास सहायतालाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रसँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने पनि बताउनुभयो । ‘रुरु महोत्सव गौरव हो हाम्रो, संवद्र्धन गरौंँ धर्म र संस्कृतिको राम्रो’ भन्ने नाराका साथ गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा यही पुस २९ देखि माघ ९ गतेसम्म गुल्मीको रुरुक्षेत्र गाउँपालिका, रिडीमा सो महोत्सव चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button