तपाईँ सुन्दै हुनुहुन्छः

तत्कालीन शाखा प्रबन्धकसहित ८ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल र नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज बिष्टसहित ८ जनाविरुद्ध भ्रष्टचारको मुद्धा दायर गरेको छ ।

अनुसन्धानका क्रममा तत्कालीन शाखा प्रबन्धक ढुंगेल, नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी बिष्टसहित बैंकका कर्मचारी दिपिका रेग्मी, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, र प्रकाश घतानीले एक आपसमा मिलेमतो गरी ४ करोड ४२ लाख ७३ हजार रुपैयाँ रकम हिनामिना गरेको पुष्टि भएकाले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आरोपीहरु आठै जनाविरुद्ध विगो माग दाबी सहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button