तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रशासनले जिम्मेवार र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी प्रशासन सामाजिक अभियन्ता समेत भएकाले जिम्मेवार र उत्तरदायी भएर भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदन आज ग्रहण गर्नुहुदै प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्रको दक्षता, सदाचारयुक्त आचरण र स्वच्छताको प्रवद्र्धन आवश्यक रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले विगतमा केही सुधारका कार्य भए पनि औद्योगिक क्रान्तिलाई अघि बढाउनुपर्ने समयमा उद्योगधन्दाहरु रुग्ण हुन पुगेकाले कर्मचारीहरुलाई राज्यले पाल्नुपर्ने अवस्था सृजना भएको वताउनुभयो ।

त्यस अवसरमा समितिका अध्यक्ष काशीराज दाहालले प्रशासनिक खर्चको मात्रा बढ्नाले विकासमा प्रतिकुल प्रभाव पर्ने हुँदा अनावश्यक संरचना खडा गर्न नहुने, अनुचित कार्यका सम्बन्धमा अनुसन्धान र कार्वाही गर्न विशेष व्यवस्था हुनुपर्ने, स्थानीय तहमा जाने अनुदानको दुरुपयोग भएमा सोको नियन्त्रण गर्ने व्यवस्था हुनुपर्ने, प्रशासन सुधार आयोगका समसामयिक सिफारिशहरु कार्यान्वयन गर्नुपर्ने लगायतका विषय प्रतिवेदनमा समावेश गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button