तपाईँ सुन्दै हुनुहुन्छः

सागमा पदक बिजेता मकवानपुरका खेलाडी सम्मानीत

मकवानपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिनिधित्व गरेर पदक प्राप्त गर्ने मकवानपुरका खेलाडीहरुलाई  नगद सहित सम्मान गरिएको छ ।

मंगलबार जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरेर सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको हो ।

खेलाडीहरुलाई राष्ट्र र जिल्लाको नाम उच्च गर्न सफल भएको भन्दै हौसला स्वरुप झाँकी सहित नगर परिक्रमा गराउनुका साथै नगद सहित सम्मानीत गरिएको थियो । १३ औं सागमा सहभागिमध्ये मकवानपुबाट ४ जनाले स्वर्ण, ४ जनाले रजत र ५ जनाले काश्य गरि १३ जनाले पदक प्राप्त गरेका छन् । सबै खेलाडीहरुलाई  हेटौंडा उपमहानगरपालिकाले क्रमश १ लाख, ७५ हजार र ५० हजार तथा जिल्ला समन्वय समितिले २५ हजार, २० हजार र १५ हजार नगद सहित सम्मान गरेको हो ।

त्यस्तै १३ औं सागमा सहभागि मकवानपुरकै एक जना प्रशिक्षकसहित अन्य जिल्लाका विभिन्न खेलका प्रशिक्षकहरुलाई समेत कार्यक्रममा नगद सहित सम्मान गरिएको थियो । प्रशिक्षकहरुलाई क्रमश हेटौंडा उपमहानगरपालिकाले नगद ७ हजार र जिल्ला समन्वय समितिले ५ हजार रकम प्रदान गरेको हो ।

जिल्ला समन्वय समिति र हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा पदक बिजेता खेलाडिहरू तथा प्रशिक्षकहरुलाई प्रमाण पत्र र नगद सहित सम्मान गरेको थियो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्याता रहेको थियो । कार्यक्रममा जिसस उप–प्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगपालिकाकी उपमेयर मिना कुमारी लामा लगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button