तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा मनाईने हरेक पर्वले विशेष महत्व बोकेको छ : मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले साँस्कृतिक रुपमा नेपालमा मनाईने हरेक पर्वले विशेष महत्व बोकेको बताउनुभएको छ ।

माघेसंक्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले नेपालमा एक समुदायले अर्को समुदायले मनाउने पर्वलाई सम्मान गर्ने प्रचलन पुरानो रहेको र हामीले यस्तो परम्परालाई भविश्यसम्म पनि अनुशरण गर्दै जानुपर्ने उल्लेख गर्नुभएको हो ।

माघेसंक्रान्तिका अवसमा उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच एकता भएको देश हो । माघेसंक्रान्ति’, ‘मकर संक्रान्ति’, ‘माघी’ इत्यादी नामले चिनिने नेपालीहरुको एक प्रमुख चाड हो । विविध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा माघेसङ्क्रान्ति पर्व सबैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले ‘तिला संक्रान्ति’ पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डु लगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित माघेसंक्रान्तिको शुभकामना व्यक्त गर्दछु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button