तपाईँ सुन्दै हुनुहुन्छः

विकास सहायता गिजोलेर रोक्ने प्रयत्नहरु हुँदैछन् : परराष्ट्रमन्त्री

पाल्पा । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसनको सहायता विकासका लागि भएको बताउनुभएको छ ।
पाल्पा स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्रमा आजबाट सुरु भएको माघे संक्रान्ति महोत्सवको उद्घाटन गर्दै उहाँले एमसीसी संझौता मुलुकको विकास र हितको पक्षमा रहेको बताउदैं यसलाई अनावश्यक गिजोल्न नहुनेमा जोड दिनुभयो ।

उहाँले एमसीसी सम्झौता तीन वर्ष अगाडी कांग्रेस र माओवादी संयुक्त सरकारको पालामा भएको बताउँदै विकासका लागि साझेदारहरुबाट आएको सहयोगलाई यत्तिखेर विविध कोणबाट गिजोल्ने प्रयास भइरहेको प्रति सचेत हुन आग्रह गनुृभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘एउटा अनावश्यक विषयमा नेपाली समाजको ध्यान गिजोल्ने खालका प्रयत्नहरु भैरहेका छन् ।’
मन्त्री ज्ञवालीका अनुशार ‘ एमसीसी सम्झौता मार्फत् काठमाण्डौंको पूर्वमा रहेको लप्सीफेदीबाट चार सय केबिए विद्युत लाईन निर्माण गरेर भारतको गोरखपुरसम्म पु¥याउने र नेपालको पनि विभिन्न ठाउँमा उत्पादन भएका विद्युत एउटै नेशनल ग्रिडमा जोड्ने योजना छ । ’ नेपालमा उत्पादन भएको विद्युत भारत, बङ्गलादेश लगायत अन्य देशमा बेच्न र देशको आर्थिक विकासलाई तिव्र गतिमा लैजाने हिसाबले समेत एमसिसि आवश्यक रहेको उहाँले बताउनुभयो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो, ‘ यो संझौतो रातारात त्यसै भएको सम्झौता होइन । यसका लागि झण्डै आठ वर्ष अगाडीदेखिको प्रयत्न थियो ।’ उहाँले भन्नुभयो, ‘विभिन्न क्षेत्रमा रहेका मापदण्डमा उत्तिर्ण भएर मात्र त्यो सहायता हामीलाई प्राप्त भएको हो ।’
अहिले केहीले बुझेर र केहीले अनावश्यक रुपमा एमसिसी बहस र विवादको विषय बनाएको उहाँको भनाई थियो ।

उहाँले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिवद्ध रहने बताउदै कुनैपनि शैन्य गठबन्धनमा नलाग्ने सपष्ट पार्नुभयो । ‘हामी कुनै देशको सैन्य गठबन्धनमा संम्मिलित हुँदैनौं । तर विकासका सहायताहरु सबै देशहरुसँग लिन्छौं ।’ मन्त्री ज्ञवालीको भनाई थियो ।

पाल्पा स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्रमा माघे संक्रान्ति मेला सुरु भएको छ । महोतसपव उद्घाटनको लागि मनत्री ज्ञवाली यहाँ आउनुभएको हो । महोत्सवकै रुपमा रुरु क्षेत्रमा माघे संक्रान्ति मेला सुरू भएको हो । महोत्सव दश दिनसम्म चल्ने बताइएको छ ।

नेपालका चार धाममध्येको एक धामको रुपमा परिचित रुरु क्षेत्रमा लाग्ने माघी मेलामा स्नान गर्ने र ऋषिश्वर देबताको दर्शन गर्न दर्शनार्थीहरुको मंगलबारदेखि भीड लागेको छ ।

रुरु क्षेत्रको कालीगण्डकी स्नानका लागि गुल्मी, पाल्पा, स्याङ्जा अर्घाखाँची, प्युठान, रुपन्देही, पर्वत, वाग्लुङ र भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरु आउने गर्दछन् । कालीगण्डकीमा स्नान गर्ने र ऋषिश्वर देवताको दर्शन गरेमा सबै पाप नास हुने जनविश्वास छ ।
महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुने आयोजक गुल्मी उद्योग वाणिज्य संघ, रिडी शाखाले जनाएको छ ।रुरु फ्रेन्डस क्लव र उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव सुरु भएको हो ।

रुरु क्षेत्रमा कालीगण्डकी उत्तर बहेका कारण पनि उत्तरबाहीनी नदीमा स्नान गर्नाले पुण्य आर्जन हुने हिन्दू परम्परा र विश्वासका आधारमा हजारौं धर्मावलम्बीहरुको यहाँ घुइचो लाग्ने गर्दछ । मेलामा स्वदेश तथा विदेशका भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button