२०७८ साल वैशाख ६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

बँदेलको आक्रमणबाट मृत्यु, परिवारलाई १० लाख

रेडियो नेपाल २०७६ माघ १ गते १२:४५

सिन्धुली । बँदेलको आक्रमणबाट मृत्यु भएका ३७ वर्षीय कृष्णबहादुर घिसिङको परिवारलाई राहत प्रदान गरिएको छ । गत भदौ १४ गते बारीमा बँदेल धपाउँदा आक्रमणमा परी मृत्यु भएका घिसिङको परिवारलाई राहतस्वरुप १० लाख ५० हजार दिइएको हो ।

डिभिजन वन कार्यालय मरिणले १० लाख र घ्याङलेख गाउँपालिकाले ५० हजार गरी कूल १० लाख ५० हजार प्रदान गरेको डिभिजन वन कार्यालय मरिणका डिभिजन प्रमुख लोकराज नेपालले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष जगत भोलन तथा वडाध्यक्ष विष्णु कर्माचार्यको रोहवरमा मृतककी पत्नी लिलिमाया घिसिङलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रकम प्रदान गर्नुभएको हो ।

सम्बन्धित

एन आर एन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनमा

३ घन्टा अगाडि भुवनप्रसाद आचार्य